काठमाडौं। विश्वविख्यात चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको बुधवार हर्टअटेकको कारण निधन भएको हो।

अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार, म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका थिए।

माराडोना कप्तान भएको बेला अर्जेन्टिनाले सन् १९८६ मा वर्ल्ड कप जितेका थिए । जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गरेको थियो। उसले आफ्नो क्लब क्यारियरमा केवल बार्सिलोना र नेपोलीका लागि मात्रै खेले। उनलाई विश्व फुटबलका द गोल्डेन ब्वाइ उपनामले समेत चिनिन्थ्यो।


प्रकाशन मिति–२०७७ साल मंसीर १० गते बुधवार ।