काठमाडौं। हङकङमा कार्यरत विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

हङकङवाटै सार्वजनिक भएको विश्वविख्यात उस्ताद महर्जनको भिडियोको बोल नै ”हे रेशम” हो।

”हे रेशम”मा उस्ताद महर्जनको शव्द तथा संगीत रहेको छ। युगल गायन महेश शिल्पकार र सोनाम महर्जनको छ।

युवा पुस्ताको चाहना र आकर्षण बमोजिम तयार भएको गीतको भिडियो ”हे रेशम”मा गोपाल मगर र अनिल मगरको छायाँकन, बाल कुमार मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ।

”हे रेशम” गीतको भिडियोमा सुनिल क्षेत्री र सुहाना थापाको लोभलाग्दो फिचरिङ रहेको छ।