Miss Nepal Evana2

काठमाडौ। यो बर्षकी मिस नेपाल २०१५ इभाना मानन्धर यतिखेर विश्वसुन्दरी प्रतियोगिताको दौडानमा चीनमा रहेकी छन् । चीनको सान्यामा आयोजना हुने गैरहेको विश्व सुन्दरी प्रतियोगीतामा मिस नेपाल इभानाले विश्वभरका १ सय १४ देशका सुन्दरीसँग टाइटलका लागि प्रतिस्पर्धाका लागि कठिन प्रयासमा रहेकी छन्।

गत नोभेम्बर २० मा चीन गएकी इभानाले चीनको विश्वसुन्दरीको डबली विभिन्न क्रियाकलापमा अन्य देशका सुन्दरीले जस्तै भाग लिइरहेकी छन्। यही डिसेम्बर १९ मा हुने फाइनल राउण्डमा इभानाले कडा प्रतिस्पर्धा गर्ने क्रममा रहेकी छन्।

इभाना डान्स विधा अन्र्तगतको टप १० मा छनौट भैसकेकी छन्। इभानासँगै अरु ९ जना सुन्दरीहरुले मिस वल्र्डको फाइनलमा नृत्य प्रस्तुत गर्ने भएका छन्। चीनमा आयोजना हुन गैरहेको यो बर्षको यो विश्व सुन्दरी प्रतियोगिताको ६५ औं श्रृङ्खला हो ।

Miss Nepal Evana

प्रकाशन मिति–२०७२ साल मंसिर १८ गते शुक्रबार ।