काठमाडौं। नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी तथा प्रतिभाशाली छायाँकार तथा सम्पादक सोहन मानन्धर सम्मानित वनेका छन्। नायिका खड्गी तथा छायाँकार मानन्धरलाई उपराष्ट्रपति नन्दवहादुर पुनले सम्मानित गरेका हुन।

विश्व कीर्तिमानी यो मुटुमा सधैभरि बास दिन्छु तिमीलाई बोलको गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशन गरेवापत नंबरी नायिका खड्गीलाई र भिडियोको सिनेमाटोग्राफी र एडिटिङ गरेवापत प्रतिभाशाली छायाँकार तथा सम्पादक मानन्धरलाई सम्मानित गरिएको हो।

हरिगोपाल प्रधानको गीत तथा सरिता अधिकारीको गायन र संगीत किशोर खतिवडाको संगीत रहेको कीर्तिमानी उक्त गीतको भिडियोमा प्रदीपराज वन्त र कृजना डंगोलको प्रमुख अभिनय रहेको छ। सपोर्टिङ रोलमा मेघना महर्जन, निलम, कुसुम, नेहाले गरेका थिए। यिनै गीतका सर्जक स्रष्टा गीतकार हरिगोपाल प्रधानले उडिरहेको हवाइजहाजभिजन यिनै गीत रहेको साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका हुन।

गत फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि भारतको नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र ३६हजार फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको हातवाट साङ्गीतिक एल्बम विमोचन गराएर विश्व कीर्तिमान कायम गरेका थिए।

उनै सर्जक गीतकार प्रधानलाई उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रवार वल्र्ड बुक अफ रेकर्डस बेलायतको तर्फवाट प्रमाण–पत्र पनि प्रदान गरेका छन्। साथै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई पनि उपराष्ट्रपतिले हातवाट विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण तथा सम्मान पनि गरेका थिए।
प्रकाशन मिति–२०७७ साल चैत्र १३ गते शुक्रवार ।