काठमाडौं। कराँते खेलका ब्लाँक बेल्ट उपाधि प्राप्त इन्टरनेशनल नेपाली खेलाडी तथा कराँतेका कुशल नेपाली प्रशिक्षक गौतम खातीले चाँडै निर्माण हुन लागेको चलचित्रमा नायक बनेर अभिनय गर्ने भएका छन्।

मंगलम् फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको बेग्लै गजबको नेपाली चलचित्र क्रसबारमा नायक बनेर इन्टरनेशनल नेपाली खेलाडी खातीले अभिनय गर्न लागेका हुन्। यस संवन्धमा स्टोरी, स्क्रीप्ट तथा लोकेशनका वर्कसपमा व्यस्त खातीले अभिनय गर्ने चलचित्र क्रसबार फुलएक्सन, थ्रिलर तथा रोमान्टिक चलचित्र भएको निर्माण युनिटले भनेका छ। जसमा नेपाल र थाइल्याण्डका प्राविधिक टोलीले छायाँकन गर्ने भएको छ। चलचित्रको छायाँकन नेपाल लगायत चीनको तिब्बत तथा थाइल्याण्डमा हुने जनाइएको छ।

विसं.२०७५ सालमा पन्ध्र हजार माथि उडिरहेको हेलिकप्टरवाट कराँते खेलको ब्लाँक बेल्ट ड्रेस लगाएर स्काइ ड्राइभ गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल कीर्तिमानी खेलाडी खातीले यसअघि दर्जनौ दर्जन गीतका म्युजिक भिडियोहरुमा अभिनय गरेर बेग्लै उचाई कायम गरिसकेका छन्।

नायिका प्रियंका कार्की लगायतका नंबरी नायिकाहरुका नायक बनेर म्युजिक भिडियोहरुमा तहल्का मच्चाइसकेका छन्। अव नेपाली चलचित्रको अभिनयवाट अर्को कीर्तिमान राख्ने व्यापक तयारीमा छन्। चलचित्र क्रसबार मार्फत अर्को आयाम कायम गर्ने दौडमा गिनिज बुक अफ वल्र्ड रेकर्डका कीर्तिमानी कलाकार खाती रहेका छन्।
प्रकाशन मिति–२०७८ साल असार १७ गते विहीवार ।