Petrol-pump-1024x682काठमाडौ। विश्व तेल बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। सन् २००४ पछि कच्चा तेलमा आएको यो पहिलो गिरावट हो।

हाल कच्चा तेलको मूल्य प्रति व्यारेल ३६ दशमलव ०५ अमेरिकी डलर कायम भएको छ। यसअघि गत जुन तथा जुलाईमा प्रति व्यारेल ३६ दशमलव ०५ अमेरिकी डलर कायम थियो।

गत बर्षसम्म कच्चा तेलेको मूल्य प्रति व्यारेल ६० अमेरिकी डलर रहेकोमा एक्कासी गिरावट आएको हो। विश्व तेल बजारमा तेलको उत्पादनमा भएकोले बृद्धिदे तेलको मूल्यमा गिरावट आएको बताइएको छ। जसवाट विश्व तेल बजारमा पेट्रोलियम पद्धार्थको मूल्यमा भारी गिरावट हुने भएको छ। जुन खुशीको कुरा मानिएको छ।

सस्तोमा तेल पाइने भएतापनि भारतको नाकाबन्दीको कारण नेपालीहरुले नेपालमा पेट्रोलियम पद्धार्थ पाउन निक्कै समस्या परिरहेको छ।

प्रकाशन मिति–२०७२ पुष ७ गते मंगलवार ।