world-newa-music-compition-1

काठमाडौ। वल्र्ड नेवा अर्गनाइजेसनको नेपाल च्याप्टरले नेपालमा विश्व नेवा संगीत प्रतियोगिता भव्य रुपमा गर्ने भएको छ। यही आउने पुस १८ गते आयोजना गर्ने अन्तिम तयारी भैसकेको अवस्थामा कार्यक्रमको समय तथा मिति सारिएको छ।

विश्वभर छरिएर रहेका नेवारहरुले समय अत्यन्त छोटो भएको भन्ने गुनासो आएकोले प्रतियोगितालाई केही पछाडि सारेको आयोजक समितिले बताएको छ। विश्वभरका सवै नेवारहरुले कार्यक्रममा भाग लिने बाताबरण तयार गर्नको लागि पनि समय तथा मिति सार्न आफूहरु बांध्य भएको आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएको छ।

world-newa-music-compition-2अव यो प्रतियोगिता आउने फाल्गुण १४ गते तदानुसार २५ फरवरी २०१७ मा हुने भएको छ। गीत दर्ता गर्ने अन्तिम मिति ३१ डिसेम्बर २०१६ तोकिएको छ भने, नेपालमा अडिसन राउण्ड १३ जनवरी २०१७ मा हुने भएको छ। अनलाइन अडिसन भने २० । २१ जनवरी २०१७ मा दुई दिन हुने भएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर २ गते विहीवार ।