काठमाडौ। नेपालमा पनि लिरिकल गीतको भिडियो निर्माण गर्ने क्रममा बृद्धि भएको छ। यसैक्रममा गायक तथा गीतकार विश्व प्रधानको विलकुलै नयाँ गीतको लिरिकल भिडियो रिलिज भएको छ।

तिमी नै शुरु दिन मेरो तिमी मेरो बोलको असाधारण गीतको भिडियो रिलिज भएको हो। विश्व प्रधानको शव्द तथा स्वर रहेको यस गीतको संगीतकार सुरज शाही ठकुरी हुन्।

नयाँ स्वाद तथा नयाँ रंगमा रिलिज भएको यस लिरिकल भिडियोमा विश्व प्रधानकै बेजोड अभिनय रहेको छ। साथमा मोडल रक्षा श्रेष्ठको समेत फिचरिङ रहेको छ।

प्रस्तुत छ–विश्व प्रधानको लिरिकल भिडियो

प्रकाशन मिति–२०७५ साल असार ९ गते शनिवार ।