Mohamad Ali Boxerकाठमाडौ। विश्व प्रसिद्ध पूर्व बक्सिङ्ग हेभीवेट च्याम्पियन मोहम्मद अलीको ७४ बर्षको उमेरमा शनिवार निधन भएको छ। अली विहीवार अमेरिकाको एरिजोना राज्य फिनिक्स शहरको एक अस्पतालमा उपचार्थ भर्ना भएका थिए।

श्वास–प्रश्वास र पार्किन्सनको रोगवाट ग्रस्त अलीको उपचारकै क्रममा मृत्यु भएको हो। अलीको दाहसंस्कार अलीकै गृहनगर केन्टकीको लुइसभिलनमा हुने अली परिवारव्दारा जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।

अलीको बक्सिङ्ग करिअर सन् १९६० बाट शुरु भएको र सोही बर्ष ओलम्पिक लाइट हेभीवेटमा स्वर्ण पदक जितेका थिए। सन् १९६० बाटै अलीलाई व्यावसायिक बक्सरको मान्यता प्राप्त भएको थियो।

प्रकाशन मिति–२०७३ साल जेठ २३ गते आइतवार ।