काठमाडौ। विश्वकप फुटबलका विश्व प्रसिद्ध स्टार स्ट्राइकर लियोनेल मेसीले पेनाल्टीमा गोल गर्न सकेन। नसकेपछि समूह डी मा अर्जेन्टिनाले विश्वकपमा नवप्रवेशी आईसल्याण्डसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनु परेको छ।

शनिवारको खेलको ६४ औं मिनेटमा मेसीले प्रहार गरेको पेनाल्टी आइसल्याण्डका गोलरक्षक रोन हवार्डले उत्कृष्ट बचाउ गरेका थिए। यसअघि सर्गियो एग्अुरोले १९ औं मिनेटमा गोल गर्दै अर्जेन्टाइन टिमलाई अग्रता दिलाएका थिए।

एल्फ्रेओ फिन बोगासनले गोल गर्दै आइसल्याण्डलाई बराबरीमा पुर्‍याए । त्यसपछि दर्जनौं प्रहार गरेपनि दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाको प्रहारले गोल गर्न सकेन। फलतःउसले १ अंकमै चित्त बुझाउनु पर्‍यो।
प्रकाशन मिति–२०७५ साल असार ३ गते आइतवार ।