Euro Cup 2016 1काठमाडौ। विश्व फुटबलको महाउत्सवको दोश्रो ठूलो प्रतियोगिता युरो २०१६ शुक्रबारवाट फ्रान्सको पेरिसमा शुरु भएको छ। युरोकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियालाई पराजित गरेको छ। उत्तर पेरिसमा शनिबार बिहान भएको समूह ‘ए’ को खेलमा फ्रान्सलाई जित दिलाउन इङ्लिस क्लब वेस्टह्यामका दिमित्री पएट नायक सावित भए।

Euro Cup 2016 3

लाखौं घरेलु समर्थकको हौसला पाएको फ्रान्सले पहिलो हाफमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । उसले जितका लागि चाहिने गोल दोस्रो हाफमा गर्न सफल भयो। पहिलो हाफ गोलरहित बराबरी भएको अवस्थामा दोस्रो हाफमा आर्सनलका ओलिभर जिराउडल दिमित्री पोएटको पासमा गोल गर्न सफल भए। उलने खेलको ५७ औं मिनेटमा गोल गर्दै गत नोभेम्बरमा पेरिस आक्रमण झेलेका फ्रान्ससेली फुटबल प्रेमीलाई खुसी दिलाए।

Euro Cup 2016 2त्यसको आठ मिनेट नबित्दै रोमानियाका लागि स्ट्राइकिङ र विङ्गरमा जम्न सक्ने बोक्दान स्टनकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरी भएपछि दुबै टोली जितको खोजीमा रहेका बेला बाजी मार्यो फ्रान्सले । यस पटक गोल गर्ने पालो थियो, पहिलो गोलका लागि पास दिलाइदिएका पोएटको। खेलको ८९ औं मिनेटमा एकल प्रयासमा पोएटले रोमानियाको डी बक्स भन्दा बाहिरबाट प्रहार गरेको लामो दुरीको बलले जाली चुमेपछि फ्रान्स जितको हकदार भयो।

Euro Cup 2016 4प्रकाशन मिति–२०७३ साल जेठ २९ गते शनिवार ।