काठमाडौं। नेपालमा मानव अधिकार अवस्था दयनिय रहेको छ। विश्व मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठनले उत्सवभन्दा पीडाको रुपमा मानव अधिकारकर्मीहरुले मनाउन बाध्य छन्।

यसले गर्दा आफूहरुले विश्व मानव अधिकार दिवसलाई उत्सवको रुपमा भन्दा पीडा ओकल्ने धर्ना कार्यक्रम सहित मनाएको नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष इन्द्र अर्यालले बताएका छन्। काठमाडौंको माइतिघर स्थित मण्डलामा नेपाल मानव अधिकार संगठनले खै न्याय भनेर एक घण्टे धर्ना सहित विश्व मानव अधिकार दिवस मनाउने कार्य भएको हो।

नेपाल मानव अधिकार संगठनले आयोजना गरेको उक्त धर्ना कार्यक्रममा विभिन्न जिल्लाका शाखाहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो। नेपाल मानव अधिकार संगठन ललितपुर जिल्ला शाखाका अध्यक्ष कृष्णहरि अर्यालले पनि ललितपुर जिल्लामा पनि मानव अधिकारको अवस्था डरलाग्दो  रहेको खुलासा गरे।

अपराधीले सजाय पाउनुपर्ने भएतापनि सजाय दिने नाममा मानव अधिकार हनन हुने गरेर कार्य भैरहेको बताएका छन्। व्दन्द पीडितले न्याय पाउनुपर्ने कुरामा आफूहरु अडिग भएर वाचडगका रुपमा लागेको पनि अध्यक्ष अर्यालले भनेका छन्। मानवअधिकारकर्मी नारायण लिंखा देवान, कृष्णप्रसाद सञ्जेल लगायतले नेपालमा मानव अधिकारलाई सुनिश्चित गर्न माग गरेका छन्।

यसअघि प्रभातफेरी गरिएको थियो। जसमा विभिन्न मानव अधिकारवादी संघ, संस्थाको सहभागिता थियो। प्रभातफेरीमा सहभागीहरुले नेपालमा मानव अधिकारको अवस्था दयनीय रहेको भन्दै मानव अधिकार रक्षाका लागि सरकारसंग आग्रह गरेका छन्। उनीहरुले महिला अधिकार र बालअधिकारको क्षेत्रमा पनि समस्या रहेको भन्दै सबैको अधिकारप्रति गंभिर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।

यसैवीच विश्व मानव अधिकार दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा नेपाल विश्व मानव विकास सुचंकाकको मध्यम श्रेणीमा परेको छ। मानव विकासको सुचंकाकमा १ सय ८९ मुलुक मध्ये नेपाल १४७ औ स्थानमा रहेको छ । यो अफ्रिकी मुलुक केन्याको समान हो।

सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकांकमा ०.५२६ ले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। यस अवघिमा नेपालमा जन्मदर औसत आयु १६ दशमलब १ रहेको छ भने विद्यालय शिक्षाको मध्यम वर्ष २ दशमलब ८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलब ७ वर्षले वृद्धि भएको छ।

प्रकाशन मिति–२०७६ साल मंसिर २४ गते मंगलवार ।