ललितपुर। विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले बाताबरण प्रेमी सवै आदरणियहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरेका छन्।

शनिवार एकाविहानै ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष श्रेष्ठले अग्रपंक्तीमा रहेर सरसफाईमा लाग्ने ज्येष्ठ नागरिक देखि विभिन्न संघसंस्थाका लगायत वडावासी सवैलाई धन्यवाद तथा आभार ज्ञापन गरेका हुन्।

स्वच्छ सफा, हराभरा, धुलो–धुँवा रहित वडा बनाउने अभियान अन्तर्गत विश्व वातावरण दिवसमा विशेष सरसफाई कार्यक्रम गत बर्षहरुमा आजैका दिन हुने गरेको भएतापनि यो बर्ष कोरोनाको महामारीको कारण सामूहिक जमघट भएर गर्न नसकेतापनि आफ्नो स्थानवाट व्यक्तिगत रुपमा आफू बसेको स्थानमा सरसफाई गर्न तथा बृक्षारोपन गर्नमा वडावासीहरु स्वतःस्फूर्त रुपमा स्वास्थ्य मापदण्ड कायम गरेर गर्न पनि वडा अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन्।

घरैमा रहेर स्वच्छ वातावरण वनाउन हामी आफैले घर–आँगन तथा टोलको सरसफाई गर्नु आवश्यक भएको पनि वडा श्रेष्ठले भनेका छन्। निरोगी बन्नका लागि हामीलाई स्वच्छ बाताबरण तथा हराभरा पर्याबरण अत्यन्त आवश्यक भएको र त्यसका लागि आफूले वडामा अत्यन्त्र क्रियाशील भएर कार्य गर्दैआएको पनि वडा अध्यक्ष श्रेष्ठले वताएका छन्।


प्रकाशन मिति–२०७८ साल जेठ २२ गते शनिवार ।