काठमाडौ। अमेरिकाकी विश्व– विख्यात फेसन डिजाइनर केट स्पेडको निधन भएको छ। केटलाई मृत अवस्थामा भेटाइएको छ। न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा केट मृत अवस्थामा भेटिएकी हुन्।

न्यूयोर्क प्रहरीले केट आफ्नै अपार्टमेन्टमा मृत फेला परेको जनाएको छ । केटलाई उनकी घरेलु कामदारले मृत अवस्थामा फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। ५५ वर्षीया केटको निधनको खबरसँगै विश्वभरकै फेसनप्रेमीले दुःख व्यक्त गरेका छन् ।

फेसन म्यागाजिन म्डामोसेनको सम्पादकको भूमिकासमेत निर्वाह गरेकी केटले लुगा, जुत्ता, गहनालगायतको कुशल डिजाइनरको परिचय बनाएर आफूलाई विश्व–विख्यात बनाएकी थिइन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल जेठ २३ गते बुधवार ।