काठमाडौ। विश्व सरसफाई दिवसको अवसरमा विश्व सम्पदा क्षेत्र स्वयम्भुनाथ वरपर वातावरणीय सरसफाई गरियो। वज्राचार्य क्लबको आयोजनामा स्वयम्भू परिसरको सरसफाई भएको हो।

आयोजक बज्रचार्य क्लबका सल्लाहकार निर्मल वज्राचार्यको संयोजकत्वमा पहिलो पल्ट बज्राचार्य क्लबले यस प्रकारको सरसफाईको कार्य भएको थियो। नेपालका पर्वहरुमध्ये महत्वपूर्ण एक महिने पर्व गुःलाः पर्वमा थुप्रिएका फोहर संकलन गरेर त्यहाँको वातावरणीय सरसफाई गर्ने कार्य भएको हो।

यस कार्यमा बज्राचार्य क्लबका पदाधिकारी, मिस नेवाहरु सुनिता डंगोल र रिजु मानन्धर लगायत विभिन्न स्वयंसेवीहरुको संलग्नता रहेको थियो। सरसफाई पश्चात क्लबका अध्यक्ष ज्योति वज्राचार्यले यस प्रकारको कार्यक्रमले सम्पदा क्षेत्रमात्र नभई आप्नो ठाँउ आफै सफा गर्ने जनचेतना जाग्ने बताए।

क्लबका अध्यक्षले चाँडै नै स्वयम्भू क्षेत्रका सिंढीमा जमेका लेउहरु सफा गर्ने समेत बताए। क्लबले यसअघि पंचदान पर्वको अवसरमा क्लबले स्वयम्भूस्थित वैलोचन तीर्थ जीर्र्णाेद्धारका निम्ति सामुहिक पंचदानबाट रकम संकलन गरेर सहयोग गरेको थियो।

प्रकाशन मिति–२०७५ साल भदौ ३० गते शनिवार ।