काठमाडौं। बलिउडका महानायक अमिताभ बच्चनलाई शनिवार कोरोनाभाइरस कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ। अमिताभका छोरा अभिषेक बच्चन पनि संक्रमित भएर अस्पतालमा छन्।

 

अमिताभ बुहारी तथा विश्व सुन्दरी नायिका ऐश्वर्या राय बच्चन र नातिनी आराध्यामा बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिवार अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएपछि पूरै बच्चन परिवारको परीक्षण गरिएको थियो। त्यसक्रममा ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको भारतीय संचारमाध्यमले जनाएका थिए।

यता, आइतबार आएको दोस्रो रिपोर्टमा भने ४६ वर्षीया ऐश्वर्या र ८ वर्षीया आराध्यामा पनि कोभिड–१९ को संक्रमण देखिएको हो। महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले उनीहरु संक्रमण देखिएको पुष्टि गरेका हुन। अमिताभ पत्नी जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ।

यसैवीच अमिताभ बच्चनको पूर्वप्रेमिका अभिनेत्री रेखाको सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको पनि स्वाब लिइएको छ। रेखाको निवास बाहिर एउटा सार्वजनिक सूचना नै टासिएको छ र क्यान्टोन्मेन्ट जोन घोषणा गरिएको छ। साथै उक्त क्षेत्र वरिपरि सबै स्यानिटाइज गरिएको छ। अर्का अभिनेता अनुपम खेरका आमा, भाइ, भाउजु र भतिजमा पनि कोरोना पोजेटिभ देखिएको छ। अनुपम खेरको भने रिजल्ट नेगेटिभ आएको थियो। गत महिना अभिनेता आमिर खानका कर्मचारीमा संक्रमण देखिएको थियो।


प्रकाशन मिति–२०७७ साल असार २९ गते सोमवार ।