काठमाडौं। नेपालको अग्रणी इभेन्ट म्यानेजमेन्ट कंपनी मर्निङ ग्लोरी इन्टरमेन्ट म्यानेजमेन्टकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्रीले विश्वमा नेपालको शान तथा गौरब कायम गरेकी छन्।

कम्बोडियाको राजधानी नोमपेनमा भएको मिस प्लानेट इन्टरनेशनल २०१९ मा इन्टरनेशनल जज बनेर त्यहाँ नेपालको शान तथा गौरब बढाएकी हुन्।

३६ देशका सुन्दरीहरुको अभूतपूर्व व्युटी प्याजेन्ट रहेको उक्त मिस प्लानेट इन्टरनेशनल–२०१९ को नेशनल डाइरेक्टर समेत रहेकी मोहनाले इन्टरनेशनल–जजको निर्णायक भएर केही दिनअघि मात्र नेपाल फर्केकी हुन्।

साउथ अफ्रिकाकी मोनिकी यो बर्षकी मिस प्लानेट इन्टरनेशनल–२०१९ बनेकी छन्। मिस प्लानेट इन्टरनेशनल–२०१९ मोनिकीले पनि मोहनाको हक्की स्वभाव तथा ट्यालेन्ट अनि फेअर जजमेन्टको दिल खोलेर तारिफ गर्ने कार्य भएको छ।

मिस प्लानेट इन्टरनेशनल जस्तो विश्व सुन्दरी प्रतियोगितामा नेपालवाट नेपालीको प्रतिनिधित्व भएको यो सभवत पहिलो हो। जुन गौरबता मोहना क्षेत्रीले कायम गरेकी छन्।

प्रकाशन मिति–२०७५ साल फागुन २७ गते सोमवार ।