काठमाडौ। विश्वभरका उत्कृष्ट सेफहरुको सहभागितामा हुने विश्व सेफ सम्मेलनमा युएईबाट नेपाली युवा सरोजसिंह थापाले सहभागिता जनाउने मौका पाएका छन्। थापाले सहभागितासँगै ‘पेष्ट्रि जज सेमिनार’ विधामा प्रमाणपत्रसमेत पाएका हुन्। अब थापाले वल्र्ड एशोसिएसन अफ सेफ सोसाइटीज अन्तगर्तका विभिन्न प्रतिष्पर्धा तथा कार्यक्रमहरुमा सहभागिता जनाउन पाउने भएका छन्।


होटल तथा फुड रिलेटेड विषयका बारेमा भएको उक्त सेमिनारमा वल्र्ड एशोसिएसन अफ सेफ सोसाइटीजका अध्यक्ष थोमस गुग्लरकोसमेत सहभागिता रहेको थियो। सेमिनारमा होटल तथा फुड सम्वद्ध विषयको छलफल, प्रदर्शनी र तालिमका साथै सेफहरुको मूल्यांकन गरी ग्रेडिङसमेत गरिएको थियो। उक्त ग्रेडिङकै आधारमा थापाले पेष्ट्रि सेफ अन्तगर्त प्रमाणपत्रसमेत पाएका हुन।

जर्मनीमा फेब्रुअरी ३ बाट ७ सम्म चलेको उक्त सेमिनारमा ४० भन्दा बढी मुलुकका सिनियर सेफहरुको सहभागिता रहेको थियो। हरेक २ वर्षमा सेफहरुको विश्वव्पापी संस्था वल्र्ड एशोसिएसन अफ चिप्स सोसाइटीजको आयोजनामा हुने उक्त सम्मेलनमा सहभागीता जनाउने संभवत पहिलो नेपाली थापा बनेका हुन।

प्रकाशन मिति–२०७४ साल माघ २७ गते शनिवार।