काठमाडौं। भक्तपुरको प्राचिन नगरी मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदन सुन्दर श्रेष्ठको बेग्लै शान तथा गौरबता रहेको छ।

मध्यपुर थिमि नगरपालिकामा प्राचिन कालदेखि चल्दैआएको विस्काःजात्रामा सदाझै यो बर्ष पनि मेयर श्रेष्ठको प्रत्यक्ष सहभागिता रह्यो।

थिमिको विस्काःजात्राका जात्रालुहरुसंग सिन्दूरे जात्रामा मज्जाले मनमगन भएर भुस्याः बजाउने देखि लिएर बोडेको अलौकिक जिब्रो छेड्ने जात्रामा समेत सहभागिता जनाएर उत्साह दिने कार्य मेयर श्रेष्ठवाट भएको छ।

मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा सरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दैआएका हसमुख मेयर श्रेष्ठले विस्काःजात्रामा देखाएको उत्साहले जात्रालुहरुमा बेग्लै ऊर्जा थपेको स्थानीयले महशुश गरेको पाइएको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख ३ गते शुक्रवार ।