काठमाडौं। मस्तसंग सुतेको काठमाडौं उपत्यकामा विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पले हल्लाएको छ। रातिदेखि परिरहेको अविरल बर्षासंगै भूकम्पको धक्का काठमाडौं उपत्यकाले महशुश गर्दा उपत्यकावासीको निद हराम भएको हो।

भूकम्पको केन्द्रविन्दु नुवाकोटको बेलकोटगढीमा पर्न गएको र ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट तथा यसको आसपासका जिल्ला र काठमाडौं उपत्यकामा परेको छ।

यसअघि साउन १५ गते बिहान ८ः १३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रकाशन मिति–२०७९ साल साउन २१ गते शनिवार ।