काठमाडौं। जनआन्दोलनका नायक लोह पुरुष वीर गणेशमान सिंहको नाममा वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिता प्रारम्भ भएको छ।

पहिलो प्रतियोगिता अन्तर्गत प्रदेश न ३ का शनिल शाहीले पुरुष ६० केजी तौल समूह पहिलो राउण्ड टेक्निकल नकआउट गर्दै प्रदेश ६ का सागर श्रेष्ठलाई पहिलो राउण्डमा पराजित गर्दै जित हासिल गरेको छ।

मंगलबारवाट काठमाडौँको हनुमान ढोका गद्दी बैठक अगाडि भएको पहिलो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवान शर्माले क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

पुरुष ४९ केजी तौलसमूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापाले प्रदेश ४ का सुरज गुरुङलाई पराजित गरेका हुन् । नेपाल पुलिस क्लबकी दिवान शर्माले प्रदेश ४ कै आकृति गुरुङलाई पराजित गरेकी हुन् । खेलको पहिलो दिन विजेता सबै खेलाडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

प्रतियोगिताको सुरुवाती खेलमा पुरुष ४९ केजी तैलसमूहमा प्रदेश २ का पवन श्रेष्ठले प्रदेश १ का धर्मेन्द्र राईलाई हराएको छ । पुरुष ५६ केजी तौल समूहमा प्रदेश १ का सुरेन्द्र राईले प्रदेश ४ का दुथबहादुर परियारलाई पहिलो राउण्डमा पराजित गरे।

महिलातर्फमा ४६ देखि ४८ केजी तौल समूहमा प्रदेश ५ कि सुशिला थापाले प्रदेश २ कि सपना गुरुङलाई हराइन्। पुरुष ६० केजी तौल समूहमानै प्रदेश ८ का भरत चन्दले जित हासिल गरे। भरतले प्रदेश १ का रोविन प्रधानलाई पराजित गरे। पछिल्लो अन्तिम खेलमा पुरुष ६४ केजीतर्फ प्रदेश २ का किशोर शर्माले प्रदेश ७ का विक्रम चौधरीलाई हराएको हो।

गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले खेलको उदघाटन गरेका थिए। प्रतियोगिताको उदघाटन समारोहमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगरलाई १ लाख १ हजार नगदसहित प्रशंसा पत्रसहित सम्मान गर्ने कार्य पनि अध्यक्ष सिंहवाट भएको छ। खेल प्रतियोगिता आइतबार सम्म जारिरहने भएको छ।

Photo By-Sharan Buddha

प्रकाशन मिति–२०७५ साल माघ २२ गते मंगलवार ।