काठमाडौं। नेपाली चलचित्रमा कुनैबेला नंबरी नायिका बनेकी रेखा थापा यतिखेर सामाजिक अभियानमा लागेकी छन्। ‘छोरीको निम्ती स्वर्णीम अभियान एवं वेटी बचाव वेटी पढाव’अभियानमा रेखा थापा लागेकी हुन्।

रेखा थापा फाउण्डेसन मार्फत नायिका थापाले यस अभियानलाई पहाड–तराईतिर अभियानको रुपमा नै संचालन गर्न व्यस्त बनेकी छन्। यसैक्रममा रौतहटमा यस अभियान कार्यक्रममा नायिका थापाले कञ्चनपुरकी १३ बर्षिया चेली निर्मला पन्तलाई बलात्कार गरेर क्रुरतापुर्वक हत्या गर्ने हत्यारालाई खोजी गरेर राज्यले कारवाही गर्न नसक्नु अत्यन्त चिन्ताजनक विषय भएको भनेकी छन्।

निर्मला एउटा ज्वलन्त उदाहरण बनेको नेपालमा दिनदिनै कैयौं चेलीबेटीहरु बलात्कारको शिकार भई अनाहकमा ज्यान गुमाउन विवश भए पनि राज्यद्धारा त्यस्ता अपराधीहरु नसमातिनु नै यस प्रकारका घटनाहरुले प्रश्रय पाएको ठहर नायिका थापाको ठहर रहेको छ।

नायिका थापाले छोरी राम्ररी शिक्षित भएमा परिवार सुखी हुनुका साथै घरपरिवार शिक्षित भई बाल विवाहको अन्त्य हुने एवं परम्परागत सोचबाट बाहिर निस्किदा शिक्षित समाज बन्न सक्ने स्पष्ट पारेकी छिन्।
प्रकाशन मिति–२०७५ साल मंसीर १३ गते विहीवार ।