Rajesh Hamal in Women 3काठमाडौ। नायक राजेश हमाल महिला पात्रको भूमिकामा खासै त्यति देखिएको पाइदैन। पच्चीस बर्ष लामो निरन्तर अभिनयमा पछिल्लो पल्ट चलचित्र शकुन्तलामा विवाहिता महिला पात्रको भूमिकामा नायक हमाल देखिएका छन्। चलचित्र शकुन्तलामा विवाहिता महिला बनेर सोही अनुसारको गेटअप बनाएर अभिनय गर्ने कार्य गरिरहेका छन्।

Rajesh Hamal in Women 2

हाल निर्माणाधिन अवस्थामा रहेको चलचित्र शकुन्तलामा शकुन्तला बन्ने कार्य नायक हमालवाट भैरहेको हो कि भन्ने आभाँस भएतापनि यस चलचित्रका निर्देशक दिनेश श्रेष्ठले यस बारेमा गोप्य नै राख्न मन पराएका छन्।

नायक हमालको भूमिका बारेमा खासै खुलासा गर्न हाललाई नमिल्ने जानकारी निर्देशक श्रेष्ठले भनेका छन्। पछिल्लो समयमा कमै मात्र चलचित्रमा अभिनय गरिरहेका नायक हमाल पनि चलचित्र शकुन्तलाको महिला पात्रको रोलको बारेमा खुल्न चाहेका छैन्। हाललाई सस्पेन्स राख्नु नै राम्रो हुने हमालले प्रतिक्रिया दिएका छन्।

प्रकाशन मिति–२०७२ साल पुष २१ गते मंगलबार ।