काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। आइतवार काठमाडौं महानगरपालिका वडा नंबर २२ स्थित प्यूखा न्यूरोडमा बृहत रक्तदान कार्यक्रम भएको हो।

हल्लो कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक उत्सबको उपलक्ष्यमा संस्थाद्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरेर ३८ जनाले रक्तदान गरेका थिए।
सहकारी बैंक लिमिटेडका अध्यक्ष के।बि। उप्रेती प्रमुख आतिथ्यता र नेपाल स्वयंसेवी रक्तदाता समाज न्यूरोड शाखाका अध्यक्ष केदार न्यौपानेको आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामहरि बजगांईले गरेका थिए।

कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण–पत्र प्रदान गरेर थप हौसला दिएका थिए।
प्रकाशन मिति–२०७६ साल भदौ १ गते आइतवार ।