ललितपुर । नेपालका ख्यातिप्राप्त मोडल तथा इन्टरनेशनल फेसन कोरियोग्राफर राज फैजु फाउण्डर डाइरेक्टर रहेको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा धमाकादार कार्यक्रम शनिवार हुने भएको छ।

लिट्टल प्रिन्स एण्ड प्रिन्सेस नेपालको आठौ संस्करण तथा टीन प्रिन्सेस डिभाको तेश्रो संस्करणको ग्रान्ड फाइनल शनिवार हुन लागेको हो। शनिवार बैशाख २२ गते अपरान्ह ३ बजे भव्य तथा सभ्यका साथ काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा यस दुवै कन्टेस्टको फाइनल प्रतियोगिता हुने फाउण्डर डाइरेक्टर फैंजुले बताएका छन्।

यी दुवै कार्यक्रममा ९ देखि १२ उमेर समूहका २१ जना र १३ देखि १५ बर्ष उमेर समूहका १० जना रहेका छन्। यसअघि कुपण्डोलको सनराइज क्याफेको सभाहलमा भव्य रुपमा ट्यालेन्ट–शो संपन्न भैसकेको छ।


प्रकाशन मिति–२०७५ साल बैशाख २० गते विहीवार ।