काठमाडौं। हिजोआज मानिसमा शरीर दुख्ने तथा शारीरिक दुर्वलताले हैरान पारिरहेको छ। उक्त दुर्वलता तथा दुखाईलाई ठीक पार्ने अचुक उपाय घरैमा गर्न सकिने बैद्यराज माइला बाटाघरेले बताएका छन्।

बैद्यराज बाटाघरेका अनुसार, एक ग्लास दुध, एक चम्चा किसमिस र एक ग्राम राम्रो सख्खर मिक्सरमा हालेर मज्जाले मिक्स गरेपछि घरेलु औषधि तयार हुन्छ। यसरी तयार भएको औषधिलाई राती सुत्ने बेलामा खाना खाएको एक घण्टा पछि नियमित खाने गर्नाले शरीरमा हुने दुर्वलताको कारण पिडुला फर्किने, जिउ दुख्ने लगायतका रोग निदान हुन्छ।

यो सेवन गर्न थाले पछि बिहानै उठेर प्राणायाम अलोम बिलोम अनिवार्य गर्नु पर्दछ वा लामोलामो श्वास फेर्ने गर्नु पर्दछ भनेर पनि बैद्यराज बाटाघरेको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल मंसिर २१ गते शनिवार ।