लण्डन। बेलायतवाट पनि छोटो चलचित्र अर्थात शर्ट मुभीको निर्माण भएको छ। त्यसमाथि, त्यो मुभीमा एक मात्र पात्र भएको प्रयोगात्मक मुभी निर्माण भएको हो। जसको नाम नै शून्य रहेको छ।

शुक्रवार मात्र लण्डनमा छायाँकन संपन्न भएको शून्यमा एकमात्र पात्र सम्राट छन्। त्यस पात्र सम्राटको जीवन्त अभिनय हाल बेलायतमा नै रहेको अभिनेता ध्रुब दत्तले गरेका छन्। गोपी सापकोटाको कथामा निर्माण भएको शर्ट मुभी शून्यको पटकथा, सम्पादन तथा निर्देशन सनमकुमार बैरागले गरेका हुन।

छायाँकन सन्तकुमार राईले गरेका छन्। चाँडै नै यस शर्ट मुभी रिलिज गर्ने जानकारी निर्देशक बैरागले वताएका छन्।

प्रकाशन मिति–२०७७ साल साउन २४ गते शनिवार ।