Mantri ki Srimati Mayor

काठमाडौ। नेपालको प्रदेश नंवर २ को रौतहट स्थित मोलापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रकी रिना कुमारी साह मेयर पदमा बिजयी बनेकी छन्।

रिना कुमारी नेपालका शहरी विकास मन्त्री प्रभु साहकी श्रीमती हुन्। मेयर पदकी उम्मेदवार साहले ३ हजरा ९ सय १३ मत प्राप्त गरेकी छन् भने, उपमेयरमा नेकपा माओवादी केन्द्रकै गौरी शंकर जयसवालले ३ हजार ८ सय ८९ मत ल्याएर बिजयी भएका छन्।

करिव दोब्बर मतले साह विजयी बनेकी हुन्। उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी राजपा नेपालका रबिन्द्र कुमार पटेलले २ हजार १ सय २६ मत प्राप्त गरेका थिए।
प्रकाशन मिति–२०७४ साल असोज ५ गते विहीवार ।