काठमाडौं। शाक्य महाविहार संघको पहिलो महाधिवेशन संपन्न भएको छ। संघको पहिलो महाधिवेशनले शुभकाजी शाक्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अमिरमान शाक्य र गौतम शाक्य चयन भएको छन् भने महासचिवमा संघरत्न शाक्य, सचिव राजेश शाक्य रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा चैतन्यराज शाक्य र सह कोषाध्यक्ष दीलिपरत्न शाक्य निर्विरोध चयन भएका छन्।

सदस्यमा भने विजयरत्न असंबरे, रोशनबहादुर शाक्य, सुरेश शाक्य, आनन्दरत्न शाक्य, धर्मरत्न शाक्य, अमिरकुमारी शाक्य, दुर्गादेवी शाक्य र ज्योति शाक्य पनि सर्वसम्मत चयन भएका छन्।

साधारण सभाबाट सर्वसम्मत चयन पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचन अधिकृत ज्ञानरत्न शाक्यले निर्विरोध निर्वाचितको प्रमाण पत्र प्रदान गरेका थिए। कार्यक्रममा शाक्यवंशको पहिचान स्थापित गर्न उत्कृष्ट योगदान पुर्याएको भन्दै कीर्तिपुण्य महाविहार, लगन बहालका हर्षमुनि शाक्यलाई ‘शाक्य रत्न’ उपाधिबाट सम्मानित गरिएको थियो । त्यसैगरी मैत्रीपूर महाविहार, क्वाःबहालका चक्रेश्वर धूपरत्न बज्राचार्यलाई ‘धु्रबतारा पुरस्कार’ पनि प्रदान गरिएको थियो ।

३ न प्रदेशका सभासद राजेश शाक्यले उपत्यकाभित्र रहेका महाविहारको दीर्घकालीन संरक्षणका लागी सरकारबाट नियमित आर्थिक अनुदान लिन सकिने र यसको लागी महाविहार व्यवस्थापनि समिति स्थापना गर्नुपर्ने बताएका छन्।
प्रकाशन मिति–२०७५ साल माघ २२ गते मंगलवार।