काठमाडौं। शारदा माध्यमिक विद्यालय एसएलसी २०३७ व्याँच समूह भक्तपुरका विद्यार्थीहरुको तेस्रो वार्षिकोत्सव कार्यक्रम संपन्न भएको छ। कार्यक्रममा पाँच शिक्षाविदहरु सम्मानित गरिएको छ। शारदा माध्यमिक विद्यालयका पूर्व वरिष्ठ शिक्षकहरु केशवभक्त भजु, विष्णुप्रसाद लुईटेल, कोकिला श्रेष्ठ, सहना श्रेष्ठ, हरिहर पोखरेललाई सम्मान गरिएको हो।

प्रमुख अतिथि शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक रोशन तुईतुईले सम्मान प्रदान गरेका थिए। सम्मानित शिक्षक र शिक्षिकाहरुले चार दशक अघि पढाएको विद्यार्थीहरुले गरेको सम्मानले हर्षित भएको र विद्यालयमा विताएको अतितलाई संस्मरण गर्ने कार्य गरे।

प्रमुख अतिथी रोशन तुईतुईले विसं.२०७२ सालको भुकम्प पश्चात स्कूल व्यवस्थापन गर्न कठिन भएको खुलासा गर्दै विद्यालय विकासको लागि सबै क्षेत्रबाट सहयोग आवश्यक पर्ने भएको हुँदा त्यसका लागि आव्हान पनि गरे।

समूहका वरिष्ठ सदस्य बालचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक रमेश साखः, सदस्यहरु कृष्णभक्त लवजु, प्रदिप शाक्य, प्रद्युम्न जोशी, कुमार लघुले मन्तव्य राखेका थिए । कार्यक्रमको वन्द सत्रमा रमेश साखःको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको पनि चयन गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल भदौं २३ गते सोमवार ।