Electric Wheel Chair 6

काठमाडौ। नेपालमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि हाते व्हीलचेअर भन्दा विद्युतीय व्हीलचेअरको आवश्यकता महशुश गरिदैआएको बर्षौ बर्ष भैसकेको छ।

नेपालमा विद्युतीय व्हीलचेअरको निर्माणको शुरुवात हालसम्म नभएको अवस्थामा विद्युतीय व्हीलचेअरको आवश्यकता र यसको औचित्यतालाई प्रकाश पार्ने उदेश्यले करुणा फाउण्डेसनले पहिलो पल्ट तीनजना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई विद्युतीय व्हीलचेअर विदेशवाट ल्याएर भएपनि काठमाडौमा आयोजित एक कार्यक्रममा निःशुल्क वितरण गरेको छ।

Electric Wheel Chair 2करुणा फाउण्डेसनका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले विद्युतीय व्हीलचेअर वितरण गरेका छन्। विद्युतीय व्हीलचेअर पाउने शारीरिक अपाङ्गता भएका व्यक्तिहरुमा अपाङ्ग मानवअधिकारकर्मी भोजराज श्रेष्ठ, पत्रकार गजेन्द्र वुढाथोकी र पूर्वसभासद इन्दिरा गुरुङ्गलाई प्रदान गरिएको छ।

आयोजक करुणा फाउण्डेसनले यी तीनजना आफ्ना क्षेत्रका चर्चित शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोलमोडलको रुपमा विद्युतीय व्हीलचेअर प्रदान गरिएको जनाएको छ। उहाँहरु मार्फत शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई म्यानुयल व्हीलचेअरको भन्दा विद्युतीय व्हीलचेअरको आवश्यकता रहेको पुष्टि गर्न यसप्रकारको कार्यको प्रारम्भ गरिएको आयोजक करुणा फाउण्डेसनले भनेको छ।

Electric Wheel Chair 5

नेपालको व्हीलचेअर अभियन्ताको रुपमा पनि ख्याति कमाएका अपाङ्ग अधिकारकर्मी भोजराज श्रेष्ठले विद्युतीय व्हीलचेअरको आफूहरुलाई रोलमोडल बनाएकोमा खुशी व्यक्त गर्दै नेपालका सडक तथा बाटोहरु अपाङ्ग मैत्री नभएको र अव पूर्नरनिर्माण गरिदा अपाङ्ग मैत्री बनाउने तर्फ सरकारलाई अनुरोध गर्ने कार्य गरेका छन्। अपाङ्गकर्मी श्रेष्ठले नेपालमा १० हजारभन्दा बढी व्हीलचेअर प्रयोगकर्ता अपाङ्गहरु रहेको खुलासा गरेका छन्। उनीहरु सवैको पहुँचमा विद्युतीय व्हीलचेअर पुग्न सकेमा अत्यन्त राम्रो हुने धारणा समेत श्रेष्ठले व्यक्त गरेका छन्।


प्रकाशन मिति–२०७३ साल बैशाख ४ गते शनिवार ।