काठमाडौं। शालिन लोकदोहरी गायनकी अग्रणी गायिका उमा श्रेष्ठ र गायक अमृत खातीको युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ।

जुनतारा लोकभाकाको गीत युट्युबको माध्यमवाट विश्वव्यापी एकसाथ सोमवारवाट सार्वजनिक भएको हो।

सुमधुर स्वरकी धनी गायिका उमा श्रेष्ठको गायनमा गायक अमृत खातीको युगल गायनले गीतलाई बेजोड बनाइदिएको छ। साथमा यस गीतको भिडियोमा चर्चित मोडेल महेन्द्र गौतम र अन्जली अधिकारी को बेजोड अभिनयले गीतलाई मखमली नै बनाइदिएको छ।

प्रस्तुत छ–उमा श्रेष्ठ र अमृत खातीको गायन रहेको बेजोड जुनतारा बोलको यो गीत

https://www.youtube.com/watch?v=msl4j8AnGcU&fbclid=IwAR2qok6Y8vRhUOMBSJyVJkI0BpCvRuNOJnneHPf5OfZuLRh1bXRfTmy1p0A

प्रकाशन मिति–२०७५ साल माघ २१ गते सोमवार ।