Sunny Leon on Laila.1

काठमाडौ। बलिउडका बादशाह मानिएका अभिनेता शाहरुख खानको फिल्म रइसमा अभिनेत्री सन्नी लियोनले गजबको आइटम डान्स गरेकी छन्। जसमा शाहरुख खानको समेत अभिनय रहेको छ।

लैला ओ लैला बोलको गीतमा हट अभिनेत्री सन्नी लियोनले गरेको उक्त आइटम डान्स युट्युबमा अत्यन्त हिट बनिसकेको छ। रइस बुधवारवाट विश्वव्यापी रुपमा एकसाथ रिलिज भएपछि यस गीतको चर्चाले थप चर्चा पाएको छ।

Sunny Leon on Laila

भारतमा यो चलचित्र रिलिज भएका कतिपय हलहरुमा यो गीत आउनासाथ हलभित्र दर्शकहरु पागल भएर हावामा पैसा फालिने गरेको भारतीय समाचार माध्यमहरुले जनाएका छन्।

करनुलको एक हलमा यस गीत आउनासाथ दर्शकहरु पागल जस्तो उठेर पैसा फालाफाल गरेर फालेको खवर आगो सरह नै फैलिएको छ। यसरी पैसा फाल्दा हेर्ने सवैले ओ माइ गड भन्न करै लागेको थियो।


प्रकाशन मिति–२०७३ साल माघ १४ गते शुक्रवार ।