काठमाडौं। हिन्दी फिल्मका ख्यातिप्राप्त अभिनेता शाहरुख खान र अभिनेत्री ऐश्वर्या राय एशियाका प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।

चर्चित म्यागजिन ‘एशियन जियोग्राफिक’ले सार्वजनिक गरेको एशियाका १ सय प्रभावशाली व्यक्तिमा बलिउडबाट शाहरुख र ऐश्वर्यालाई चयन गरेको हो।

शाहरुख र ऐश्वर्याको नाम म्यागजिनको ‘एस्टोनिशिङ्ग एसियन्स’ समूहमा पर्न सफल भएको छ। शाहरुख अहिले फिल्म जिरोको प्रमोशनमा व्यस्त छन् भने ऐश्वर्या चाँडै प्रदर्शनमा आउन लागेको अक्षय र रजनीकान्तको फिल्म २.० मा देखिंदै छिन्।

त्यस्तै, प्रभावशाली व्यक्तिको सूचीमा भारतबाट क्रिकेटर सचिन तेन्दुलकर, अर्बपति मुकेश अम्बानी लगायत पनि परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।


प्रकाशन मिति–२०७५ साल असोज १३ गते शनिवार ।