काठमाडौं। शिक्षा क्षेत्रका विज्ञ, शिक्षासेवी र पत्रकारलाई ‘नेशनल एजुकेशन अवार्ड’ प्रदान गरिएको छ । शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १६ औँ ‘नेशनल एजुकेशन अवार्ड’ प्रदान गरिएको हो।

डा. बाबुराम पोखरेल स्मृति छात्रवृत्ति त्रिपद्म विद्याश्रम माविका सुजाता ठाकुरलाई प्रदान गरिएको छ। सो छात्रालाई स्मृतिकोषवाट नगद राशी पच्चिसहजार प्रदान गरिएको हो।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डीन प्रा डा बालचन्द्र लुइँटेललाई ‘एजुकेशन भिजन अवार्ड’, शिक्षासेवी भोजबहादुर शाहलाई ‘लाइफ टाइम एचिभमेन्ट्स अवार्ड’, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल र ह्वाइटहाउस एजुकेशन फाउण्डेशनका प्रमुख युवराज शर्मालाई ‘डेडिकेसन अवार्ड’ प्रदान गरियो ।

यस्तै विभिन्न विधातर्फ आसमान नेपाल, फेथ फाउण्डेशन नेपाल, सङ्खुवासभाको वाना माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर श्रेष्ठ, काठमाडौँको अक्षरा स्कुलका प्रिन्सिपल अञ्जु भट्टराई, ललितपुरको रजेन्ट रेसिडेन्सियल, जेम्स स्कुल, गोदावरी नगरपालिका, काठमाडौँको एपेक्स लाइफ स्कुल, ब्राइट फ्युचर सेकेण्डरी स्कुल, समृद्धि कलेज, एनसिसिएस कलेज, स्वतिश्री गुरुकुल, आइबी वल्र्ड स्कुल, रुपन्देहीको कालिका मानविज्ञान मावि र प्राइम कलेजलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा र द राइजिङ नेपालका मञ्जिमा ढकाललाई जनही रु १० हजार राशिसहित शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

आयोजक शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले शिक्षा क्षेत्रमा आफूहरुको यो गौरबमय कार्यक्रम रहेको भिजन संसार डटकमलाई वताएका छन्। वितरण कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले ती सम्मान तथा पुरस्कार गरेका थिए।
प्रकाशन मिति–२०७९ साल भाद्र २५ गते शनिवार ।