काठमाडौं। व्युटी पत्रकारिता तथा व्युटी गायन कलामा विगत केही समयदेखि क्रियाशील सरिता भारती महाशिवरात्रीको दिन शिव अवतारमा देखिएकी छन्।

महाशिवरात्रीको अवसरमा व्युटी पत्रकार तथा गायिका भारतीले आफूलाई शिव अवतारमा प्रस्तुत गरेकी हुन।

फोटोग्राफर बद्री थापाले खिचेका फोटोमा भारती शिव अवतारमा देखिएकी छन्। शिवका विभिन्न फरक मुद्रामा देखिएकी भारतीले हालसम्म डेढ दर्जन गीत दर्शक तथा स्रोतासमक्ष ल्याइसकेकी छन्।

ती प्राय गीतहरुमा आफैले अभिनय पनि गरेकी छन्।
प्रकाशन मिति–२०७८ साल फागुन १७ गते मंगलवार ।