काठमाडौं। ममताकी खानी छोरीकी आमा चर्चित नायिका तथा मोडल शिलाष्मा हमाल सन्तानलाई अत्यन्तमा माया, स्नेह तथा बात्सल्यमय प्यार दिने आमाका रुपमा शिलाष्मा हमाललाई मानिन्छ। सन्तानका हर खुशीमा खुशी र दुःखमा दुःखी बन्दैआएकी Mrs Tourishm Word 2020 समेत रहेकी शिलाष्मा हमाल गत बर्ष भदौ ५ गते चुपचाप छोरीकी आमा बनेकी हुन्। सानी प्यारी छोरी विधान्सी हमाल पनि अव आउने भदौ ५ गतेवाट एक बर्ष पूरा भएर दुई बर्ष लाग्ने भएकी छन्।

विधान्सीको हर मुस्कानमा संसारको सवैभन्दा ठूलो खुशी आफूले पाउने गरेको अनुभव सुनाउने अभिनेत्री हमालले यसअघि दुई छोरीलाई गोड लिएर धर्म आमा बनेर ती दुई छोरीलाई सक्षम बनाउने कार्य समेत गरिसकेकी छन्। आमा हुनु हमालको अर्को लुकेको पक्ष हो।

जसरी जुनसुकै शैलीवाट आमा बनेर सन्तानको स्याहार गरेर उनीहरुलाई समर्थवान वनाएर उज्ज्वल भविष्य बनाउने शिल्पीको रुपमा पनि शिलाष्मा हमाल नदेखिएकी होइन। अव आफ्नै छोरी जन्माउने चाहना अनुरुप भएवाट अत्यन्त खुशी व्यक्त गर्ने शिलाष्मा हमाल आफूलाई छोरी अत्यन्त मनपर्ने र छोरी नै जन्मेको तथा छोरीकी आमा भनेर आफूलाई फेरि चिनाउन पाउंदा गौरब लागेको भन्छिन्।

यतिखेर छोरी विधान्सी हमालको आमा हुनुको औचित्य र महत्वलाई बर्णन गर्न नसकेको शिलाष्मा हमाल वताउंछिन्। विधान्सीको मनमोहक हांसोमा सारा खुशी पाएको अनुभव व्यक्त गर्ने शिलाष्मा विधान्सीलाई ईश्वर अमूल्य उपहारको रुपमा लिन्छिन्।

जसमा अलौकिक आनन्द अनुभव पनि शिलाष्मा हमालमा भएको छ ।
शिलाष्मा हमाल जस्ती आमाको माया कति अगाढ हँुदो रहेछ भन्ने कुरा भनी साध्य नै छैन। स्थलचर, जलचर सबैमा उत्तिकै हुन्छ। हाम्रो धर्म, संस्कृति, शास्त्रमा पनि आमालाई महत्वपूर्ण स्थान दिइएको पाइन्छ। मातृ देवो भवस् पितृ देवो भवस् भन्ने प्रचलनले पनि आमालाई उच्च आदर एवम् सम्मान गर्नुपर्ने भाव झल्किएको छ।

शिलाष्मा हमाल जीवन र जगतमा आमाको माया अपरम्पार नै भएको र जीवजन्तु तथा जनावरले समेत आफ्ना बच्चालाई कसरी माया गरेको हुन्छ भन्ने कुरा हाम्रा आफ्नै आँखाले देखेकै हों भन्दै हामी त विवेकशील मानव प्राणी हौँ, हाम्रो कर्तव्य नै हुन्छ, आमालाई माया गर्नु भनेर सन्देश दिन चुक्दिनन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल असार १० गते शुक्रवार ।