काठमाडौंं। आमा भएर बाँचिहेर । सन्तानको सुखका लागि । एकपल्ट नियालिएर हेर आमाको आँखामा। त्यहाँ सन्तानको खुशीका लागि धेरै सपना हुन्छ। तिनै आमाहरुको ११२ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सम्मान भएको छ। एकजना मात्र होइन, दर्जनौ आमाहरुको सम्मान भएको हो।

सामाजिक अगुवा शिला सायमीको न्हापांगु पलाः नामक सामाजिक संस्थाले दर्जनौ आमाहरुलाई सम्मान स्वरुप गुन्युचोलो तथा साडीका साथमा मखमली जुत्ता उपहार दिएर सम्मान गर्ने कार्य भएको हो। साथमा प्रत्येक आमाहरुलाई जनही नगद पचास रुपैयावाट पनि सम्मान दिने कार्य भएको छ। त्यसरी आमाहरुको सम्मान गर्ने कार्य शिला सायमीले गरिरहदा सवै आमाहरुले आमा हुनुको गर्बता महशुश गरेका थिए।

कति आमाका आँखामा हर्षका आँशु छछल्किएका थिए। त्यो छछल्किएका आँशुहरुमा ती आमाहरुलाई बर्षौदेखि दिवा सेवा दिने कार्य गरेर समाजमा अतुलनीय उदाहरण बन्दैआएकी सामाजिक अगुवा शिला सायमीलाई सवैले लाखौं लाख आशिर्वाद दिने कार्य भएको सवैले आंभास गरेका थिए। यही सम्मान नै ११२ औं अन्तरराष्ट्रिय नारी दिवसको ठूलो तथा अभूतपूर्व सम्मानको रुपमा कार्यक्रममा उपस्थित सवैले आइतवार लिइएका थिए।

त्यसअघि, औपचारिक रुपमा बुहारी कल्पना महर्जनलाई विश्वको उच्चशिखर सगरमाथाको सफल आरोहण गर्न प्रेरणा दिने प्रेरक सासुआमा भ्यान्टी महर्जनलाई विशेष सम्मान गरिएको थियो।

त्यस्तै, विश्वको सर्वोच्च शिखर सगरमाथामा दक्षिण र उत्तरी मोहडाबाट सफल आरोहण गरेर विश्व कीर्तिमान राख्ने पहिलो नेपाली महिला पत्रकार कल्पना महर्जन, मिस नेवाः ११३२ तथा रञ्जना लिपिका प्रशिक्षक सुनिता डंगोल र वन्दे टोलकी १०५ वर्षिया बुद्धिमाया महर्जनलाई पनि सम्मान प्रदान गरिएको थियो।

सम्मान प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रदान गरेकी थिइन्।
प्रकाशन मिति–२०७८ साल फागुन २३ गते सोमवार ।