Shuting ko Khana 1काठमाडौ। चलचित्रको शुटिङ्गमा कलाकार तथा प्राविधिकहरु अत्यन्त मेहनत गरेर काम गर्छन्। टेक तथा रिटेकका साथ काम गर्दा–गर्दै भोकाएका ती कलाकार तथा प्राविधिकहरु शुटिङ्गको भातमा रमाउंछन्। अझ खानाभन्दा भोक मिठो भन्दै भकाभक खाना खाने गर्दछन्।

कलाकार तथा प्राविधिकहरु शुटिङ्गको खाना अत्यन्त मिठो मानी खाने गर्दछन् भनेर नार्कोनन् नेपालका क्यामेरा पर्सन तथा प्रसिद्ध मेकअप आर्टिष्ट सुनकुमार अवालको भनाई रहेको छ। अवाल पनि शुटिङ्गको भात भोक लागेको बेलामा दुई थाल नै बजाउने गरेको सुनाउंछन्।

Camera Person & Make up Artist Sun Kumar Awal
Camera Person & Make up Artist Sun Kumar Awal

हालकी हट नायिका सुषमा अधिकारी पनि शुटिङ्गको भात खानुको मज्जा नै बेग्लै रहेको सुनाउंछन्। यसले गर्दा नायिका अधिकारी शुटिङ्गको भात खान नै बढी रुचाउंछिन्। विभिन्न चलचित्र तथा म्युजिक भिडियोका शुटिङ्गमा पनि मज्जाले स्वाद मानेर नायिका अधिकारीले शुटिङ्गको खाना खांदै गरेको पाइन्छन्। जसलाई सगौरब फेसबुक मार्फत सार्वजनिक गर्ने कार्य पनि नायिका अधिकारीले गर्दैआएकी छन्।

Shuvechha Thapa in catwalkअर्की नायिका शुभेच्छा थापा शुटिङ्गको मेसमा मासमा बसेर मज्जाले भात खानुको बेग्लै मज्जा हुने गरेको भन्छिन्। मासमा खांदा नमिठो कहिले पनि नहुने र शुटिङ्गको भात खानेलाई मात्र थाहा हुने पनि उनले भनेकी छन्।
प्रकाशन मिति–२०७४ साल असार १३ गते मंगलवार ।