Prem Sagar 1

काठमाडौ। विजया दशमीको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य सम्मानित बनेका छन्। ललितपुरको सिद्धिपुरमा आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्य सम्मानित बनेका हुन्।

नेपालका विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज वहादुर विष्टको प्रमुख आतिथ्य रक्तदाता कर्माचार्यलाई बिशेष अतिथि महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठद्वारा खादा ओढाएका थिए। त्यसैगरी उप–मेयर निर्मला थापाले टोपी लगाइदिएकी थिइन्। प्रमुख अतिथ बिज्ञान तथा प्रविधि राज्यमन्त्री बिष्टबाट सम्मान पत्र प्रदान गराएर सार्वजनिक सम्मान तथा अभिन्नदन गरिएको थियो।

नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगरपालिका ६ नम्बर नगर समितिका अध्यक्ष दशबहादुर महर्जन र विभिन्न राजनीति दलहरूको प्रतिनिध अतिथि रहेको उक्त कार्यक्रमको संचालन असहाय मानव उत्थानका सचिब राजन महर्जनवाट भएको थियो। सभापतित्व असहाय मानव उत्थान केन्द्रका अध्यक्ष बिजय कुमार महर्जनले गरेका थिए।

Prem Sagar 2
प्रकाशन मिति–२०७४ साल असोज ११ गते बुधवार ।