काठमाडौ। नेपालकी चर्चित नायिका शुभेच्छा थापाको हालसम्मकै बेजोड अभिनय रहेको चलचित्र निर्जलाको पहिलो गीत रिलिज भएको छ। काठमाडौमा आयोजित भव्य समारोह वीच उक्त गीतको रिलिज गरिएको हो। यही आउने असोज १९ गते प्रदर्शन डेट फिक्स भएको चलचित्र निर्जलाको रिलिज भएको पहिलो गीतको बोल नै भाले मोटर रहेको छ।

भाले मोटर गीतमा चलचित्र निर्जलाका नायक किशोर खतिवडा, नायिका शुभेच्छा थापा र निक शर्मालाई फिचर्ड गरिएको छ। गीत गजबको बनेको छ।

निर्देशक राजु गिरीले निर्देशन गरेको चलचित्र निर्जलाका प्रस्तुतकर्ता प्रकाश चन्द्र न्यौपाने हुन् । निर्जलामा कार्यकारी निर्माताको रुपमा नायिका शुभेच्छा थापा नै रहेकी छन्।

सोझी गाउँले युवतीको सोच, सपना र संघर्षको कथामा निर्माण भएको चलचित्र निर्जलामा लभ, कमेडी र एक्सन समावेश गरिएको छ। ‘निर्जला’मा शुभेच्छम थापाको कथा, रवि कोइरालाको छायांकन, अशोक खड्काको द्धन्द्ध, कमल राई, क्रान्ति केसीको नृत्य निर्देशक, तारा थापा किम्भेको सम्पादन रहेको छ।

निर्जलामा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माका अलवा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल,बालकलाकार सागर गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

NOW You are Showing Nirjala Movie Song-

प्रकाशन मिति–२०७५ साल साउन १५ गते मंगलवार ।