काठमाडौ। अभिनेत्री शुभेच्छा थापाको बेजोड अभिनय तथा निर्माण रहेको नयाँ चलचित्र ‘निर्जला’ को थर्ड लुक सार्वजनिक भएको छ। सार्वजनिक भएको निर्जलाको थर्ड लुकमा एउटा पोष्टरमा दुई जना र अर्कोमा दुई जना शीर्ष कलाकारलाई अटाइएको छ।

निर्जलाको थर्ड लुकको रुपमा सार्वजनिक गरिएको पोष्टर मार्फत नयाँ बर्ष २०७५ को शुभकामना समेत दिइएको छ।
पोष्टरमामा किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा फिचर छन् । प्रकाशचन्द्र न्यौपाने निर्मित निर्जलालाई राजु गिरीले निर्देशन गरेका हुन्।

चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक राजु गिरीले आफूले यस अघि निर्देशन गरेका फिल्म भन्दा ‘निर्जला’ धेरै फरक रहेको बताएका छन् ।


प्रकाशन मिति–२०७४ साल चैत्र १७ गते शनिवार ।