Khukuri Kanchhi 4काठमाडौ। नेपाली चलचित्र उद्योगमा ननस्टप फिल्म निर्माण गर्दैआएका चलचित्र निर्देशक राजु गिरी र अभिनेत्री शुभेच्छा थापाको संयुक्त निर्माणमा नयाँ चलचित्र निर्माण हुने भएको छ।

यसैक्रममा निर्देशक गिरी र अभिनेत्री थापाको निर्माण संस्था रिाजु गिरी प्रोडक्सन तथा शुभेच्छा थापा इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा चलचित्र खुकुरी कान्छी निर्माण हुन लागेको हो। यही चलचित्र ‘खुकुरी कान्छी’ को सोमवार काठमाडौको भद्रकाली मन्दिरमा विधिवत शुभ मुहुर्त गरिएको छ ।

Khukuri Kanchhi 1अभिनेत्री शुभेच्छा थापा, अभिनेता सुरज प्रजापति र खलनायक राजकुमार थापाले डाइलोग बोलेर शुभ मुहुर्त गरिएको हो। क्ल्याप भिजन संसारका समाचार सम्पादक श्याम स्मृतले दिएपछि यी तीनैजना कलाकारले आ–आफ्ना डाइलोग बोलेका थिए। कलाकारहरुले डाइलोग बोल्न सकेको लगतै बरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काले नरिवल फोडेर शुभ मुहुर्त संपन्न गरियो।

Khukuri Kanchhi 5खुकुरी कान्छीमा लिडिङ्ग रोलमा अभिनेत्री शुभेच्छा थापाले अभिनय गर्ने भएको छ। यही बैशाख १५ गतेवाट शुटिङ्ग प्रारम्भ गर्ने भनिएको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सिर्जन बरालको नृत्य, रमेश हुमागाइँको छायाँकन रहने भएको छ।

Khukuri Kanchhi 6कलाकारहरुमा शुभेच्छा थापा, सुरज प्रजापति, राजकुमार थापा, गोपाल कुइकेल पल्पसा ढंगोल, कमल फुयाँल लगायतको अभिनय रहने निर्देशक राजु गिरीले बताएका छन् ।चलचित्रको कथा सरोज प्याकुरेलले लेखेका हुन।

प्रकाशन मिति–२०७३ साल बैशाख ४ गते सोमवार ।