काठमाडौ। काठमाडां उपत्यकामा मोवाइल एम्पसको माध्यमवाट मोटरसाइकलले पनि मज्जाले यात्रु बोक्न थालेको छ। यात्रुले उवर, टुटल, पठाओ लगायतका मोवाइल एप्समा यात्रुवाहक मोटरसाइकललाई बुक गर्नासाथ यात्रुले भनेकै स्थानमा आइपुगेर यात्रुले भनेको स्थानमा पुर्याइदिने सेवा चुपचाप मज्जाले भैरहेको पाइएको छ।

त्यसरी मोटरसाइकलवाट सेवा प्रदान गरेवापत निश्चित शुल्क सेवादायकले यात्रुवाट लिने गरेको छ। भित्र–भित्रै निक्कै मौलिदै गएको मोटरसाइकल सेवालाई प्रहरीले कारवाही शुरु गरेको छ। त्यसरी मोटरसाइकलले यात्रु वोक्ने कार्य नियमविपरित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले भनेको छ। नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको पनि महाशाखाले भनेको छ।

उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो। महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको बताएका छन्।

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारवाही गरिएको पन्तले बताए।

कारवाही गरिएका मोटरसाइकल चालकलाई रु एक हजारसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल पुस ३० गते सोमवार ।