Sher Bahadur Dewba with Nepali filmy artistकाठमाडौ। नेपाली कांग्रेसका नव–निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिन विहीवार दुई दर्जन नेपाली चलचित्रका कलाकाहरु बूढानिलकण्ठ स्थित देउवा निवास पुगेर बधाई दिएका छन्।

चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईको नेतृत्वमा गएको नेपाली चलचित्रका कलाकारहरुको टोलीले नेता देउवाको सफल कार्यकालको लागि शुभकामना तथा बधाई दिएका थिए। कार्यक्रममा नेपाली चलचित्रकर्मीका माग संवन्धमा नेता देउवाले सहयोग गर्ने बचन दिएका थिए।

नेपाली कांग्रेस समर्थक नेपाली चलचित्रकर्मीहरुको उक्त टोलीले नेता देउवालाई शुभकामना र बधाई दिएपछि महामन्त्रीमा विजयी बनेका शशांक कोइराला र सदस्य पदका विजयी नेता डा.मिनेन्द्र रिजालको घरैमा पुगेर बधाई तथा शुभकामना दिन पुगेका थिए।

चलचित्रकर्मी नीर शाहदेखि नायिकाहरु झरना थापा, नन्दिता केसी, दीपाश्री निरौला, रुपा राना, मेलिना मानन्धर ३ नेताको घरमा पुगेका थिए । यस्तै, आकाश अधिकारी, सरिता लामिछाने, रामकेशर बोगटी, राजेश घतानी लगायतका चलचित्रकर्मी पनि नव निर्वाचित सभापति, महासचिव र सदस्यलाई बधाई दिन पुगेका थिए।
प्रकाशन मिति–२०७२ साल चैत्र ४ गते विहीवार ।