काठमाडौ। हिमाल चढ्ने शेर्पा जाति भनेर विश्वभर नाम कमाएको शेर्पा समुदायले शुक्रबार ग्याल्बो ल्होसार पर्व मनाएका छन्।

शेर्पाहरुले यस दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन्। नेपालको उच्च पहाडी र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा र भोटे समुदायले ग्याल्बो ल्होसार नयाँ वर्षका रुपमा विशेष खुसीका साथ मनाएका हुन्।

सोनाम ल्होसारको दिन राखिएको गहुँको जमरा एक महिनापछि अर्थात् ग्याल्बो ल्होसारका दिन भगवान बुद्धलाई चढाएर ग्रहण गर्ने र गहुँबाटै बनेका परिकार खाने चलन रहेको छ।

यस्तै, तामाङ समुदायले पनि शुक्रबारै ल्होसार पर्व मनाएका छन्। गत महिना ल्होसार नमनाएका तामाङ समुदायले शुक्रबार ल्होसार मनाएका हुन् ।

प्रकाशन मिति–२०७४ साल फागुन ४ गते शुक्रबार ।