काठमाडौ। अष्ट्रेलियावाट प्रकाशित आर्थिक पत्रिका बीआरडब्लुले प्रकाशित अष्ट्रेलियाका धनीहरुको सूचीमा त्यहाँको नेपाली धनाढ्य व्यापारी शेष घले र उनको श्रीमती जमुना गुरुङ्ग १ सय ५ औं नंबरको धनीमा परेका छन्। पत्रिकाले आज विहीवार प्रकाशित गरेको धनीहरुको सूचीमा घले दम्पति उक्त नंबरमा परेका हुन्।

Shesh Ghale with his wife Jamuna Grgगत बर्ष ९९ नंबरमा देखिएका घले यो बर्ष ६ स्थान तल परेपनि घलेको सम्पत्तिमा अघिल्लो बर्षमा भन्दा ५८ मिलियन डलरले बृद्धि भएको जनाएको छ।गतबर्ष ५ सय २८ मिलियन सम्पति रहेका घलेको सम्पति बढेर यस वर्ष ५ सय ८६ मिलियन डलर पुगेको छ।

करिब दुई दशकअघि सामान्य विद्यार्थीका रुपमा अष्ट्रेलिया आएका घलेको मेलबर्नमा रहेको ‘मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी’ र घरजग्गाको ब्यवसाय छ । उनी प्रवासी नेपालीहरुको संगठन एनआरएनएको अध्यक्ष पनि हुन् । उनी काठमाडौंमा ५ तारे होटलसमेत सञ्चालनको तयारीमा छन् ।
प्रकाशन मिति–२०७३ साल जेठ १४ गते शुक्रबार ।