काठमाडौं। नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधिमा काठमाडौं महानगरपालिकाको भावी मेयरको उम्मेदवारको रुपमा हेरिएको शैलेश शाक्य लगं बरेजु निर्विरोध निर्वाचित बनेका छन्।

आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेसनका लागि आयोजित काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नंबर ९ (क) को क्षेत्रिय अधिवेसनमा शाक्य निर्विरोध निर्वाचित बनेका हुन्।

नेपाली कांग्रेसको राजनीतिमा विगत तीन दशकदेखि निरन्तर लाग्दैआएका शाक्यले विश्व निकेतनको विद्यार्थी जीवन देखि काँग्रेस राजनीतिमा लागेको बताएका छन्।

सेभ नेवा भ्यालीका संयोजक, भाषा , साहित्य, सम्पदा, नेवा अभियन्ता, रानी पोखरीका अभियन्ता, गुठी विरोधका अभियन्ता लगायत काष्ठमण्डप निर्माण समितिका सदस्य भएर विभिन्न जिम्मेवारी बहन गर्दैआएका शाक्य विकास निर्माण र सामाजिक अभियानका अभियन्ता बनेर फूलटाइमर राजनीतिमा लाग्दैआएका खरो राजनीतिज्ञका रुपमा चिनिन्छ।

आगामी स्थानीय निर्वाचनमा पार्टीले जिम्मेवारी दिएमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेर जितेरै देखाउने प्रतिबद्धता पनि शाक्यले देखाएका छन्।

प्रकाशन मिति–२०७८ साल असोज ७ गते विहीवार ।