–सुनकुमार अवाल
काठमाडौं। प्राकृतिक पर्यावरणलाई सन्तुलन कायम गर्न सकेमा निश्चित रुपमा प्रकृतिमा सन्तुलन कायम हुन्छ। पर्यावरणीय असन्तुलन पैदा हुनासाथ अनेक कष्ट आउने गर्दछ। बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपले जनजीवनलाई अस्त–व्यस्त मात्र होइन, नष्ट नै वनाउने गर्दछ। जुन प्रत्येक साउन–भदौमा आउने बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपले जन–धनको क्षति गर्ने गरेको छ।

जन–धनको क्षतिलाई नियुनिकरण गर्नु र गराउन अत्यन्त आवश्यक छ। यसको लागि सामाजिक सचेतना अभिबृद्धि गर्न र गराउन आवश्यक भएको अग्रज सामाजिक अभियन्ता शोभितमान श्रेष्ठ (इकाजी श्रेष्ठ) को जिकिर रहेको छ। थातथलो सिन्धुपाल्चोक जिल्लावाट काठमाडौं महानगरपालिका वडा नंबर ३२ स्थित कोटेश्वरमा शोभितमान बसोवास गर्दैआएको दशकौ भैसकेको छ।

काठमाडौंमा नै व्यापार व्यवसायमा तल्लिन शोभितमानले व्यापार व्यवसायको अलावा विभिन्न संघ–संस्था मार्फत सक्रिय रुपमा सामाजिक कार्य पनि गर्दैआएका छन्। जसको दिल खोलेर तारिफ गर्नेहरुको कोटेश्वरमा कमी भने छैन्।

कोटेश्वर वरपरका सामाजिक पर्यावरणलाई सन्तुलित वनाउने कार्यदेखि सीपमूलक तालिम अनि मनोहरा नदी किनारको सरसफाई अनि व्युटीफिकेसन गर्ने कार्यमा पनि त्यतिकै सक्रिय शोभितमान यस अभियानलाई देशभर फैलाउने कार्यमा हाल सक्रिय रुपमा छन्।

मुलुकको प्राकृतिक पर्यावरणलाई सन्तुलित गरेर बाढीपहिरोवाट जोगाउने अभियानमा कम्मर कसेर लाग्ने मनैदेखिको सोचले आफू अगाडि बढ्रिहेको शोभितमान वताउंछन्।

कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण भएको लकडाउनमा पनि राहत वितरण देखि कोरोना संक्रमणवाट बच्न र बचाउन आवश्यक सचेतना अभियान चलाउने कार्यक्रममा सक्रियता देखाएका शोभितमान वास्तविक जीवनकै हिरो बनेका छन्। यसलाई कायम गर्न आफू अनवरत लाग्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

 

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल साउन १० गते शनिवार ।