ललितपुर । युवा देशको मेरुदण्ड नै हो । युवाको आँट र साहसमा नै देशको विकास निर्धारण गर्ने गर्दछ। यसकारण पनि युवा शक्ति अपरिहार्य नै मानिन्छ । युवा शक्ति नै देश हाँक्ने मूलशक्ति भएको कारण युवा शक्तिलाई एकिकृत गरेर युवा क्लब निर्माण हुने गरेको छ।

यसक्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ मा पनि वडा स्तरीय युवा क्लबको स्थापना भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा वडा स्तरीय युवा क्लबको स्थापना भएको हो ।

वडा सदस्य पूनम निरौलाको संयोजकत्वमा स्थापना भएको वडा स्तरीय युवा क्लबको नेतृत्व श्रीकृष्ण रिजालको काँधमा गएको छ। श्रीकृष्ण रिजालको नेतृत्वमा ललितपुर महानगरपालिका वडा नंबर ५ स्तरीय वडा क्लबको स्थापना भएवाट वडामा भएगरेका विकास–निर्माण तथा सामाजिक कार्यहरुमा क्लबको महत्वपूर्ण योगदान हुने विश्वास वडा अध्यक्ष श्रेष्ठले गरेका छन्।

वडा स्तरीय क्लबका अध्यक्ष रिजालले पनि आफू युवाहरुले दायित्व र कर्तव्यलाई तदारुकताकासाथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु शोभादेवी श्रेष्ठ प्रधान, अशोक कुमार श्रेष्ठ, पूनम निरौला, मञ्जु रिजालको विशेष आतिथ्यता रहेको थियो ।

प्रकाशन मिति–२०७८ साल फागुन १ गते आइतवार ।